• ४ साउन २०८३, सोमबार
  • ७:३४ बेलुका

कोरोना परीक्षण शुल्क फेरि घट्यो

प्रकाशित मिति

२०७७ भाद्र १५ गते, सोमबार ०४:५०

काठमाडौं, कोरोना भाइरस (कोभिड-१९) को पीसीआर टेष्ट ४ हजार रुपैयाँमा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको अधिकतम शुल्क ४४०० रुपैयाँ तोकेको हो ।

तर प्रयोगशाला वा आफ्नै ल्याब भएका अस्पतालहरुले ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्नेछ । आफ्नै ल्याब नभएका अस्पतालहरुले भने पीपीई लगायतको शुल्कका रुपमा थप ४०० रुपैयाँ लिन पाउनेछन् । यसअघि मन्त्रालयले पीसीआर टेष्टको शुल्क ५५०० रुपैयाँ थियो । तर कतिपय निजी अस्पतालले त्योभन्दा बढी रकम समेत लिने गरेको गुनासो समेत आएको थियो ।

Kamana Sewa

प्रतिकृया