• २३ भदौ २०८३, मंगलबार
  • १ः४६ दिउँसो

आजको मौसमः देशभर आंशिक देखि सामान्य बदली

प्रकाशित मिति

२०७७ श्रावण २१ गते, बुधबार ०८:२१

 

National Life

काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

जल तथा मौसम विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै,आज राती देशका अधिकांश भू–भागमा सामान्य वदली रही थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन समेत विभागले अनुरोध गरेको छ ।

प्रतिकृया