• २३ भदौ २०८३, मंगलबार
  • १ः२१ दिउँसो

काठमाडौंका अस्पताल भरिए, संक्रमित घरमै होम आइसोलेसनमा

प्रकाशित मिति

२०७७ श्रावण २१ गते, बुधबार ०८:१२

 

National Life

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कर्मचारीले मंगलबार संक्रमण पुष्टि भएका काठमाडौंका एक युवालाई फोन गरे । संक्रमित बसेको ठाउँ पत्ता लगाए । स्वास्थ्य अवस्था बुझे । अनि उनलाई कोरोना पोजिटिभ भएको जानकारी पनि गराए । तर उनलाई आइसोलेसनमा लगिएन ।

ती युवालाई जस्तै मंगलबार बेलुका ८ बजेसम्म संक्रमण पुष्टि भएका ६९ जनालाई नै ईडीसीडीले फोन गरेको थियो । ‘अस्पतालमा भर्ना गरिहाल्नुपर्ने हो कि होइन भन्ने पत्ता लगाउन फोन गरेका हौं,’ ईडीसीडीका निर्देशक डा वासुदेव पाण्डेले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार काठमाडौं उपत्यकामा आफ्नै घर (छुट्टै ट्वाइलेट र बाथरुम प्रयोग गर्न मिल्ने) भएका र होम आइसोलेसनमा बस्न चाहनेलाई घरमै राखिएको छ । ‘तत्कालै अस्पताल लैजानुपर्ने छ भने तत्कालै कहीं न कहीं व्यवस्थापन गरेका छौं,’ उनले भने ।

उनले भने, ‘संक्रमितलाई आइसोलेसनमा राख्ने जति पनि अस्पताल छन्, सबै भरिभराउ भएपछि व्यवस्थापन गर्न गाह्रो भएको हो । यसैले कोरोना पोजिटिभ देखिएको व्यक्तिलाई फोन गरेर त्यसबारे सचेत गराउँदै एक दिन घरमै बस्न आग्रह गरिरहेका छौं ।’

काठमाडौं उपत्यकामा मंगलबार ६९ जनामा संक्रमण पुष्टि भएकामा १४ जनालाई शय्या अभावले व्यवस्थापन गर्न नसकिएको ईडीसीडीले जनाएको छ ।

अन्य १५ जनालाई भने होम आइसोलेसनमा राखिएको छ । सोमबार पनि यही समस्या भएकै कारण संक्रमित ६२ जनामध्ये १४ जनालाई मात्र आइसोलेसनमा भर्ना गरिएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखिएको छ ।

प्रतिकृया