• २३ भदौ २०८३, मंगलबार
  • १ः४७ दिउँसो

प्रकोप कोषमा एक लाख सहयोग

प्रकाशित मिति

२०७७ श्रावण २० गते, मंगलवार ०९:१२

 

National Life

दमौली, तनहुँको भानु नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भानु नगर कमिटीले रु एक लाख एक हजार ११५ आर्थिक सहयोग गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिकाले खडा गरेको कोषमा नेकपाले उक्त रकम सहयोग गरेको हो ।

नगर कमिटीका अध्यक्ष प्रेम थापाले भानु नगरपालिकाका प्रमुख उदयराज गौलीलाई उक्त रकम आज हस्तान्तरण गर्नुभएको छ । नगरपालिकाले खडा गरेको उक्त कोषमा विभिन्न राजनीतिक दल, सङ्घसंस्था लगायतले सहयोग गर्दै आइरहेका छन् । यस अगाडि नेपाली काँग्रेस भानु नगरसमितिले नगरपालिकालाई रु दुई लाख एक हजार १३ सहयोग गरेको थियो । उक्त कोषमा नगरपालिकाले रु ५० लाख विनियोजन गरेको थियो । यस्तै स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत खर्च हुन नसकेको रु ५५ लाख बजेट पनि सोही कोषमा जम्मा गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

देवघाटको विकासमा सरकारको सहयोग हुने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सीता पौडेलले देवघाटको विकासका लागि सरकारको तर्फबाट सहयोग रहने बताउनुभएको छ ।

देवघाट देशकै प्रमुख धार्मिक गन्तव्य रहेको हुँदा यस क्षेत्रको विकासका लागि सरकारको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता उहाँले जनाउनुभयो । देवघाट क्षेत्रको अवलोकनमा आउनुभएका सल्लाहकार पौडेलले देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले आज आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै देवघाटको विकासमा सरकारको तर्फबाट सहयोग हुने र त्यसको लागि आफूले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले देवघाट नेपालकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र भएको हुँदा यस क्षेत्रको विकासको लागि सङ्घीय सरकारले नै विशेष पहल गर्नुपर्ने बताउनुभयो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले देवघाट क्षेत्र विकास समितिको बजेट तथा कार्यक्रममा वृद्धि गर्न सरकारलाई अनुरोध गर्नुभयो ।

प्रतिकृया