• ३ असोज २०८३, शनिबार
  • ७ः१० बेलुका

आज साउनको दोस्रो सोमबार यसरी गर्नुहोस् भगवान शिवको अभिषेक

प्रकाशित मिति

२०७७ श्रावण १२ गते, सोमबार ०६:४९

काठमाडौं । आज साउनको दोस्रो सोमबार हिन्दू धर्ममा साउन महिनामा भगवान शिव व्रत बसेर पूजा आराधना गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

National Life

धार्मिक पुराणका अनुसार अन्य दिनको तुलनामा साउन महिनामा भगवान शिवको पूजा आराधना गर्दा दुई गुणा लाभ मिल्ने गर्दछ।

भगवान शिवलाई प्रसन्न बनाउनका लागि भक्तजनले शिवलिंगमा फूल र प्रसाद चढाउने गर्दछन्। शास्त्रमा भगवान शिवलाई प्रसन्न बनाउनका लागि केही तरिकाका बारेमा उल्लेख गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

भगवान शिवलाई प्रसन्न बनाउन यसरी गर्नुहोस् अभिषेक

दूधले अभिषेक

यदी तपाईको घरमा हरेक समय कलहको वातावरण बनिरहन्छ भने तपाईले साउन महिनामा दूधले शिवलिंगको अभिषेक गर्नुंहोस्। यसो गर्दा घर वा अफिसको कलह शान्त हुने गर्दछ। यसो गर्दा मुर्ख व्यक्ति पनि बुद्धिमान हुने शास्त्रमा उल्लेख छ।

जल चढाउनुहोस्

शिवलिंगलाई जलले अभिषेक गर्दा विभिन्न मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। हरेक दिन शिव लिंगमा जल चढाउँदा मन शान्त हुनुका साथै भगवान चाडै प्रसन्न हुने विश्वास गरिन्छ।

घ्यूले अभिषेक गर्नुहोस्

यदी घरमा कोही व्यक्ति प्रायः बिरामी हुने गर्दछ भने तपाई भगवान शिवको लिंगमा शुद्ध घ्यूले अभिषेक गर्नुहोस् । यस्तो गर्दा रोग तथा स्वास्थ्य समस्या टाढा हुनुका साथै वंश पनि विस्तार हुने विश्वास गरिन्छ।

महले अभिषेक

यदी घरमा कुनै व्यक्ति गम्भिर रोगबाट ग्रसित छ भने महले शिव लिंगको अभिषेक गर्नुहोस्। यसो गर्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या हटेर जानेछन्।

उखुको जुसले अभिषेक

यदी तपाई जीवनमा निकै दुखी हुनुहुन्छ भने उखुको जुसले शिवलिंगको अभिषेक गर्नुहोस्। यसो गर्दा तपाईको घरमा खुशी फर्किनेछ।

गंगाजल चढाउनुहोस्

मृत्युपछि मोक्ष प्राप्त गर्न चाहनुहुन्छ भने गंगाजलले शिवलिंगको अभिषेक गर्नुहोस्। यसो गर्दा मोक्ष मिल्ने धार्मिक शास्त्रमा उल्लेख छ।

प्रतिकृया