• ३ असोज २०८३, शनिबार
  • १२ः५२ दिउँसो

बाजुराको बजेडीको सिङ्गो गाउँ नै पहिरोको जोखिम

प्रकाशित मिति

२०७७ श्रावण ७ गते, बुधबार ०९:५५

बाजुरा । केहि दिन देखिको लगागार परेको बषरको कारण आएको पहिरोले बाजुराको बूढीगङ्गा नगरपालिका–२ बजेडीको सिङ्गो बस्ती नै विस्थापित हुने जोखिम बढेको छ ।

National Life

दुई दशकदेखि पहिरोको उच्च जोखिममा रहेको उक्त बस्तीको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै विस्थापित हुने जोखिम बढेको हो ।

एक सय ३५ परिवार बस्ने सिङ्गो गाउँ नै पहिरोको जोखिममा रहेको छ । तीमध्ये २० परिवार विस्थापित नै भइसकेका छन् । उनीहरू गाउँमा रहेको विद्यालयको खुला चौरमा पाल टाँगेर बस्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

विसं २०५० साल पहिलेदेखि पहिरो बग्न थालेको बजेडीगाउँमा यो वर्ष झनै जोखिम देखिएको छ । दर्जनौँ परिवार विस्थापित बने पनि बीचमा केही वर्ष पहिरो सामान्य रोकिएको थियो ।

तत्काल अर्को विकल्प नरोजे ठूलो क्षति हुने अनुमान गरिएको छ । स्थानीयवासीले रातभर जाग्राम बसेर रात बिताउने गरेका छन् । चारैतिर पहिरो र पानी मात्र बग्ने गरेको हुँदा राति निद्रा नै पर्न छोडेको गुनासो स्थानीयवासीको छ ।

उसो त जिल्लाको ६० प्रतिशत बढी भूगोल पहिरोको उच्च जोखिममा छ भने अधिकांश बस्ती मानव बस्तीका लागि योग्य नै नभएको भूगर्भविद्को रिपोर्ट छ । एकीकृत बस्ती विकास गर्न भइरहेको ढिलाइले यहाँका स्थानीयवासीले भयभित वातावरणमा जीवन बिताउन बाध्य छन् ।

प्रतिकृया