• ८ असोज २०८३, बिहीबार
  • ४ः३० बेलुका

गण्डकी प्रदेशमा थप ३२ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ६३ पुग्यो

प्रकाशित मिति

२०७७ असार १९ गते, शुक्रबार ०७:५८

काठमाडौं। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १९ जना, तनहुँमा ९, पर्वतमा ३ र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको हो ।

National Life

योसँगै संक्रमित संख्या १ हजार ६३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित ४ महिला छन् भने बाँकी १ बालकसहित २८ जना पुरूष छन् ।

भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोतीका १९ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरूष र २३ देखि ४० वर्षका ३ जना महिला छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै मध्यविन्दुका १० वर्षीय बालक, २४, २८ र ३३ वर्षका पुरूष तथा ३० वर्षीया महिला पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँको भिमादका वर्ष २२ र ३४ का २ पुरूष तथा ऋषिङका २३ देखि ४७ वर्ष उमेर समूहका ७ जना पुरूष पनि संक्रमित भएको निर्देशनालयका निर्देशक डा।विनोद विन्दु शर्माले जानकारी दिए ।

शर्माका अनुसार पर्वतको बिहादी, फलेवास र पैयुँका ३ जना पुरूष संक्रमित भएका छन् भने बाग्लुङको जैमिनीका २१ वर्ष पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया