• ६ असोज २०८३, मंगलबार
  • ४ः०७ बिहान

आज मगंल चौथी, भगवान् गणेशको विशेष पूजाआराधना गरिदै

प्रकाशित मिति

२०७७ जेष्ठ २७ गते, मंगलवार ०८:१४

 

National Life

काठमाडौं । आज मंगल चौथी अर्थात भगवान् श्री गणेशको विशेष पूजा आराधना गर्ने दिन रहेको छ ।

आजकै दिन भगवान् गणेशको हरेक मंगलबार ब्रत बस्न चाहनेले विशेष पूजाआराधना गरि ब्रतसमेत प्रारम्भ गर्ने गर्दछन् । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मंगल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्ने गर्दछन्। भगवान् श्री गणेशलाई मंगलकारक देवताका रूपमा पूजा गर्ने चलन छ। आज मंगलबारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ।

भगवान् गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन्, आजको दिन श्रद्धा पूर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान् प्रसन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक विश्वास छ।

प्रतिकृया