• 9:44 pm

गण्डकी प्रदेशमा थप २४ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १४४ पुग्यो

प्रकाशित मिति

२०७७ जेष्ठ २७ गते, मंगलवार ०८:०७

 

काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।निर्देशनालयले विज्ञप्तिमा जारी गर्दै नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा १२ संक्रमितहरु फेला परेका हुन् । उनीहरु ४० देखि १८ वर्ष उमेर समूहका छन् । संक्रमितहरु सबै पुरुष हुन् ।

यस्तै बाग्लुङ बरेङ गाउँपालिकामा ८ जना र निसीखोला गाउँपालिकामा ४ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । निर्देशनालयका अनुसार म्यादीको बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया