पाँच महिनाको शिशुसहित कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
प्रकाशित मिति
२०७७ जेष्ठ २१ गते, बुधबार ०१:३६
सुर्खेत, कर्णाली प्रदेशमा बुधबार पाँच महिनाको शिशुसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका १६ जनामध्ये ७ जना दैलेखका, २ जना सल्यानका र ७ जना कालिकोटका रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
महाशाखा प्रमुख डा। तिवारीका अनुसार कालिकोटका ७ संक्रमितमध्ये महाबै गाउँपालिकाका –४ का ४ महिना २८ दिनको शिशुमा पोजेटिभ देखिएको हो ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । जसमध्ये दैलेखमा १ सय ५, सुर्खेतमा ६१, सल्यानमा ५५, जुम्लामा १९, कालिकोटमा २५, मुगुमा एक, बाजुरामा एक, अछामका १० र बझाङका १ जना रहेका छन् । कोरोनाकै कारण दैलेखमा एक जनाको मृत्यु भइसकेको छ ।







प्रतिकृया