• 2:56 am

सरकारले सक्दैन भने भारतसँग म वार्ता गर्छुः सुजाता कोइराला

प्रकाशित मिति

२०७७ बैशाख २९ गते, सोमबार ११:४५

काठमाडौं, नेपाली कांग्रेसकी सांसद एवम् केन्द्रीय सदस्य सुजाता कोइरालाले भारतसँग वार्ता गर्नका लागि संसदीय समितिले वार्ता टोली बनाउनुपर्ने प्रस्ताव गर्नुभएको छ ।

संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितको सोमबार सिंहदरबारमा बसेको बैठकमा कांग्रेस सांसद कोइरालाले कुटनैतिक पहलबाट नेपाल–भारतबीच रहेको सीमा विवाद मिलाउनुपर्ने बताउनुभयो ।

उहाँले कालापानी, लिपुलेकसहित लिम्पियाधुराका बारेमा भारतसँग वार्ता गर्नका लागि आफ्नो नेतृत्वमा वार्ता टोली गठन गर्न सुझाव दिदै भन्नुभयो , ‘वार्ता टोलीको जिम्मेवारी दिने हो भने मैले भारतसँग कुरा गर्न सक्छु । कुरा पनि मिलाउन सक्नु होला । चीनसँग पनि कुरा गर्नुपर्छ ।’

प्रतिकृया