• ४ असोज २०८३, आइतबार
  • ५ः०६ बेलुका

आज भेटिएको नयाँ कोरोना सङ्क्रमित भारतबाटै लुकिछिपी नेपाल भित्रिएका

प्रकाशित मिति

२०७७ बैशाख २९ गते, सोमबार ११:१२

काठमाडौं । कारोना सङ्क्रमित थपिँदै गएको कपिलस्तुमा आज भेटिएका दश जना नयाँ सङ्क्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले उनीहरू भारतबाट नेपाल भित्रिएको जानकारी र्दिएका छन् । पौडेलका अनुसार भारतको मुम्बई, दिल्ली लगायतका ठाउँहरूबाट उनीहरू आएका थिए ।

National Life

तर उनीहरू कहिले नेपाल भित्रिए भन्नेबारे सही जानकारी पत्ता लगाउन बाँकी रहेको पौडेलले बताएका छन्। सङ्क्रमण फेला परेका व्यक्तिहरू कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित अनिरुद्र उच्च माध्यमिक विद्यालयमा रहेको क्यारेन्टाईनमा बसेका थिए । सङ्क्रमितहरूलाई बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा ल्याउने तयारी भएको छ ।

यसअघि कपिलवस्तुमै फेला परेका सङ्क्रमितहरू पनि दुवै देशमा लकडाउन जारी रहेकै बेला भारतबाटै लुकिछिपी नेपाल भित्रिएका थिए । नयाँ सङ्क्रमितसँगै कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ । प्रारम्भिक जानकारीअनुसार सङ्क्रमितहरूमध्ये शयोधरा गाउँपालिकाका ८ र बुद्धभूमि नगरपालिकाका २ जना रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया