लिम्पयाधुरा नेपालको होइन भनेको छैनः मन्त्री अर्याल
प्रकाशित मिति
२०७७ बैशाख २९ गते, सोमबार १२:३४

काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपाली भूभाग होइन भनेर नबोलेको प्रष्टीकरण दिनु भएको छ । बरु ती भूभाग नेपालका हुन् भन्ने सबुत प्रमाण जुटाएर आफू बसेको उहाँले बताउनुभयो ।
मन्त्री अर्यालले लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने यथेष्ट प्रमाण संकलन गरेकै कारण जुनसुकै टेबलमा बसेर पनि वार्ता गर्न सक्ने अवस्थामा आफू पुगेको बताभयो ।
राष्ट्रियताको सवालमा मर्न र मार्न तयार रहेको भन्दै उहाँले कहीँनेर खुट्टा कमाउँछन् कि भनेर आशंका नगर्न आग्रह गर्नुभयो, ‘मेरै कुरा गनुर्नहुन्छ भने म त जतिबेला महाकाली सन्धि भएको थियो । त्यतिबेला चार महिनाको बच्चा छोडेर राष्ट्रघात भयो भनेर मार्च पास गरेर आएको मान्छे हो । त्यो बेलादेखिको एक खालको भावना छ’
विवादित भूमिबारे अध्ययन तथा अनुसन्धान गर्दा गर्दै पनि अतिरञ्जित गरिएको मन्त्री अर्यालको भनाइ छ । अहिले प्रचलनमा रहेको नक्सा ०३२ सालको भएको र त्यसमा लिम्पयाधुरा, कालापानी र लिपुलेक नरहेको उहाँले प्रष्ट पार्नुभयो ।
नक्साको विषय घामजस्तै छर्लंग भएकाले यसलाई उछाल्न जरुरी नभएको उहाँले बताउनुभयो ।
प्रतिकृया