• 7:19 am

नेकपा सचिवालय बैठक सर्यो

प्रकाशित मिति

May 2, 2020

काठमाडौं, आज साँझ चार बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठक डेढ घण्टा पर धकेलिएको छ । एक सचिवालय सदस्यले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार बैठक आज साँझ साँढे ५ बजे तय गरिएको छ । गत बुधबार बसेको बैठकले आजको बैठक तय गरेको थियो । नेकपामा पछिल्लो समय आन्तरिक विवाद चुलिएको छ ।

दाहाल–नेपालको रणनीतिः ओलीको राजीनामा, वामदेवलाई प्रधानमन्त्री र स्थायी समिति बैठकको मिति तोक्नेबारे आजै लिखित सहमति गराउने १ वामदेवलाई बालुवाटारको सन्देश : ‘तपाईलाई साँच्चिकै प्रधानमन्त्री बनाउन तयार छौं, दायाँबायाँ नगर्नुहोस’

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ एक भएर उभिएका छन् । उनीहरुको गठबन्धनले ओलीले प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । तर, ओलीले भने आफूले राजीनामा दिनुपर्ने नै अवस्था आए उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

प्रतिकृया