• ४ असोज २०८३, आइतबार
  • ४ः२४ बिहान

नेपाल कपडा तथा सिलाई व्यवसायी संघद्वारा रक्तदान कार्यक्रमको आयोजना

प्रकाशित मिति

२०७७ बैशाख १४ गते, आईतवार ०१:०४

भक्तपुर, शनिबार नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुर दक्षिण बाराही मार्गमा आक्समिक रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। संघका अध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठका अनुसार विश्व नै कोरोना भाइरसको महामारी भइरहेको अवस्थामा पनि रगत आपूर्तिका लागि सहज होस् भन्ने हेतुले रक्तदानको आयोजना गरेको बताउनु भएको थियो ।

National Life

रक्तदान कार्यक्रममा महिला ६ जना र पुरुष ५४ गरी ६० जना भन्दा बढी रक्तदाताहरुले रक्तदान गरेका थिए । कार्यक्रममा सूर्यविनाक नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तम थापा, नेपाल कपडा तथा सिलाई व्यवासायी महासंघका केद्रिय अध्यक्ष राम कृष्ण श्रेष्ठ र संचारकर्मीहरु लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया