• ४ असोज २०८३, आइतबार
  • १ः०८ राती

बाजुरामा रुखबाट लडेर घाइते भएकी महिलालाई सेनाको हेलिकोप्टरद्वारा उद्धार

प्रकाशित मिति

२०७७ बैशाख १४ गते, आईतवार ०६:२६

बाजुरा । बाजुरामा घाँस काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएकी महिलाको उपचारका लागि हेलिकोप्टरद्वारा उद्धार गरिएको छ।

National Life

बाजुराको बडिमालिका नगरपालिका–८ बस्ने ३५ वर्षीया धनमती रावलको बिहीबार घासँ काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएको थियो।

नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकोप्टरबाट ३५ वर्षीय रावलको शनिबार बिहान काठमाडौँको ट्रमा सेन्टरमा उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

बिहीबार पाला काट्नेक्रममा लडेर मेरुदण्ड भाँचिएकी धनमती रावललाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो। तर घरको आर्थिक समस्या भएका कारण तत्काल काठमाडौँ लैजान नसकेको र आज नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा हामीजस्ता निमुखा जनताको हितका लागि दैलोमै हेटिकोप्टरबाट उपचारका लागि सहयोग गरेको भन्दै श्रीमान् शेरबहादुर रावलले खुशी व्यक्त गरेका छन्।

जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माका अनुसार ती महिलाको मेरुदण्ड भाँच्चिएकाले बाजुरा अस्पतालमा उपचार हुन नसक्ने बताएको थियो। उनलाई थप उपचारका लागि काठमाडौँ लग्नुपर्ने डा. रुपचन्द्र विश्वकर्माले परिवारलाई सल्लाह दिएका थिए।

प्रतिकृया