• ५ असोज २०८३, सोमबार
  • ५ः४५ बिहान

प्रदेश १ मा २८ जना कोरोना संक्रमित, सबैको अवस्था सामान्य

प्रकाशित मिति

२०७७ बैशाख ११ गते, बिहीबार १०:०९

मोरङ । प्रदेश नम्बर १ मा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ ।

National Life

कोरोना पोजेटिभ पुष्टि भएकामध्ये १६ नेपाली नागरिक र १२ जना भारतीय छन् । उनीहरुको उदयपुरस्थित त्रियुगा नगरपालिका–३ भुल्केबाट थ्रोट स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएको हो ।

उनीहरुको उपचार विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भइरहेको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रदेशमा हालसम्म ८२३ जनाको स्वाब पिसीआर विधिबाट परीक्षण गरिएको छ भने आरडीटी विधिबाट तीन हजार ५९२ जनाको रगतको नमूना सङ्कलन गरिएको छ ।

प्रदेशअन्तर्गतका विभिन्न स्थानमा रहेका आइसोलेसन शैयामा बस्नेको सङ्ख्या ३४ रहेको छ भने क्वारेन्टाइनमा एक हजार ७० छन् ।

प्रतिकृया