• १० असोज २०८३, शनिबार
  • ३ः१३ राती

कोरोना महामारीका कारण कोही भोकै भए हामीलाई सम्पर्क गर्नुहोस: सांसद बस्नेत (सम्पर्क नम्बरसहित )

प्रकाशित मिति

२०७७ बैशाख ६ गते, शनिबार ०२:०३

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कोरोना भाइरस (कोभिड–१९) का कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गर्नु भएको छ । अलपत्रलाई भोकै हुन नदिने बताउँदै उहाँले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण कोही समस्यामा परे खाने र बस्ने बासको व्यवस्था गर्ने जानकारी दिनुभयो ।

National Life

प्रधानमन्त्री केपी शर्मा ओलीले खाने र बस्ने समस्याका कारण उपत्यका छोडी हिँडेरै घर फर्कनेलाई सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा निश्चित गन्तव्यमा पु¥याउन निर्देशनसमेत दिइसकेको बताउँदै सांसद बस्नेतले उपत्यकाभित्र समस्यामा परेकाहरुले आफूलाई खबर गर्न आह्वान गर्नु भइको हो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको जनभावनाअनुसार निर्देशन आयो, अब प्रदेश र स्थानीय सरकारले मानवीय पक्ष हेरेर अफ्ना क्षेत्रका बासिन्दालाई घर फर्काउन योजना बनाएर लागौँ, काठमाडौँ उपत्यकाभित्र र भक्तपुर जिल्लामा कोही अलपत्र हुनुहुन्छ भने सम्पर्क गर्नुहोला, हामी भोकै पर्न दिने छैनौँ ।”

Classic Tech Mobile
Classic Tech Desktop

यहाँका स्थानीय तहसँगको समन्वय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा राहत तथा सडक मानवलाई खानाको व्यवस्थापन हुँदै आएको छ । उपत्यका छाडेर विभिन्न जिल्लाका नागरिक घर फर्कने क्रममा सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको नेतृत्वमा आजदेखि पैदल यात्रुलाई खाना खुवाउन शुरु गरिएको छ ।

काठमाडौँबाट पूर्व भएर पैदल जाने यात्रुलाई अरनिको राजमार्गखण्डअन्तर्गत जगातीचोकमा सिपाडोल क्षेत्र परोपकार समाजले खाना खुवाउने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयोे । वडाध्यक्ष थापाले भन्नुभयो,“हिँडेर आएका पैदल यात्रुलाई प्रहरी वृत्त जगाती अगाडि सडकमा रोकेर खाना खुवाउने र बेलुका प्रहरीको समन्वयमा विभिन्न सवारी साधनमा राखेर घर पठाउने व्यवस्था गरेका छौँ, अब हरेकदिन यो सडकमा कोही भोकै हिँड्नु पर्दैन ।”

स्वकीय सचिव : दिनेश थापा ९८४१११९५९९
मानवीय आस्था नेपाल अध्यक्ष : श्रीकुमार रन्जित ९८४१३१५५७४
मानवीय आस्था नेपाल उपाध्यक्ष : उमेश बस्नेत ९८५१०५७८३४
मानवीय आस्था नेपाल उपाध्यक्ष : राम प्रसाद मानन्धर ९८४१२२८२६०
मानवीय आस्था नेपाल कोषाध्यक्ष : शिव अवाल ९८५१०९१५९०

प्रतिकृया