• 11:48 pm

ज्वरोको कारण भरतपुर अस्पताल भर्ना भएकी युवतीको मृत्यु

प्रकाशित मिति

April 3, 2020

चितवन । चितवनको भरतपुर अस्पतालमा उच्च ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ । मृत्यु हनेमा सिन्धुली घर भएकी २६ वर्षिया उषाकुमारी राई रहेकि छिन् ।

गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा बिहान ४ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. श्रीराम तिवारीले जानकारी दिएका छन् । मृतक राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । हेटौंडा अस्पतालले भरतपुर रेफर गरेको थियो ।

उनको स्वाब परीक्षण हुन भने बाँकी छ । ईको कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गर्ने तयारी भइरहेको छ । हाल राईको सव अस्वतालमै राखिएको छ ।

प्रतिकृया