• ५ असोज २०८३, सोमबार
  • ८ः०८ राती

लागुऔषध सहित बुटवलमा दुई पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र २१ गते, शुक्रबार ०६:३७

 

National Life

बुटवल । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि मुलुकमा लकडाउन लागू भएर सारा जनजीवन अस्तव्यस्त भइरहेको समयमा रुपन्देहीको बुटवलबाट अवैध लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी चौकी देविनगरमा प्रमुख प्रहरी नायब निरीक्षक (सई) रुमबहादुर केसी नेतृत्वको प्रहरी टोलिले बुटवलको देविनगर नजिकैबाट अवैध लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा स्थानीय ३१ बर्षिय शिव थापा र २३ बर्षिय ईन्द्र गुरुङ रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध नुर्फिन २० एम्पुल, सेरिज्याक २० एम्पुल र फेनारगन २० एम्पुल बरामद गरेको छ। सडकमा हिड्दै गरेका उनीहरुको व्यबहार शंकास्पद देखिएपछी सई केसी नेतृत्वको प्रहरी टोलिले जिउ खानतलासी गर्दा सो अवैध लागुऔषध बरामद भएको हो ।

पक्राउ परेका दुबैजनालाई हिरासतमा लिएर लागुऔषध मुद्दामा थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्गबहादुर खत्रीले जानकारी दिए ।

प्रतिकृया