• ५ असोज २०८३, सोमबार
  • ९ः३३ राती

सरकारले कोरोना नियन्त्रणका मेडिकल सामग्री खरिद जिम्मा सेनालाई

प्रकाशित मिति

२०७६ चैत्र २१ गते, शुक्रबार ०५:४५

 

National Life

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण परीक्षण तथा रोकथामसँग सम्बन्धित स्वास्थ्य उपकरणहरु खरिदको जिम्मा अब नेपाली सेनालाई दिएको छ ।

अब अत्यावश्यक मेडिकल सामग्री खरिदका लागि सूची बनाउनेदेखि खरिदका लागि समन्वय गर्ने जिम्मा सेनालाई दिएको हो । सेनाले नै आवश्यक पर्ने मेडिकल सामग्रीहरुको सूची तयार गरी खरिदसम्मको प्रक्रिया अगाडि बढाउने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सैनिक स्रोतका अनुसार अहिले आवश्यक मेडिकल सामग्रीको सूची तयार गर्ने काम गरिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी समेतको सहभागीतामा आवश्यक सामग्रीको सूची तयार गर्ने काम भइरहेको छ । यसमा धेरै समय नलाग्ला, ‘सूची तयार गर्ने काम सकिएपछि  खरिदको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

सैनिक स्रोतका अनुसार मेडिकल सामग्री खरिदको कार्यविधि भने तय भइसकेको छैन । यसका लागि मन्त्रिपरिषदबाट नै उपयुक्त निर्णय गरिए राम्रो हुने भनेर ‘अनुरोध’ गरिएको सैनिक स्रोतको भनाइ छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) नामक कम्पनीसँग १ करोड ३ लाख ९४ हजार अमेरिकी डलरको ठेक्का सम्झौता गरेको थियो ।

तर, बजारको मूल्य भन्दा महङ्गोमा उपकरणहरु खरिद गरी अनियमितता भएको भन्दै विवादित भएपछि स्वास्थ्य मन्त्रालयले बुधबार ओबीसीआई कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।

सरकारले ओबीसीआईसँगको ठेक्का सम्झौता रद्द गर्दै धरौटी समेत जफत गरेको थियो ।

प्रतिकृया