• ५ असोज २०८३, सोमबार
  • ६ः१७ बेलुका

कोरोना संक्रमण दोस्रो व्यक्ति र पाँचौ व्यक्ति एकै जहाजबाट आएका थिए काठमाडौं

प्रकाशित मिति

२०७६ चैत्र १६ गते, आईतवार ०७:१०

 

National Life

काठमाडौं । शनिबार कोरोना संक्रमण भेटिएकी बागलुङकी किशोरी गत पुस १२ गते बेल्जियम गएकी थिइन्। त्यतै बस्दै आएका बुवाआमा भेट्न उनी पर्यटक भिसामा गएको पाइएको छ। उनी यही चैत ४ गते कतारलाई ट्रान्जिट बनाई काठमाडौं फर्किएकी थिइन्। कतार एयरवेजको क्यूआर ६५२ नम्बरको उडानबाट उनी काठमाडौं ओर्लिएको खुल्न आएको छ।

फ्रान्सबाट सोही उडानमा आएकी काठमाडौंकी एक किशोरीलाई पनि यसअघि कोरोना संक्रमण देखिएको थियो। त्यसपछि सरकारले उक्त जहाजमा सवार १ सय ५८ यात्रुको विवरण खोजेको थियो। सोही क्रममा बागलुङ पुगेकी किशोरीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

एकै जहाजमा यात्रा गरेका दुई किशोरीमा संक्रमण भेटिएसँगै अन्य यात्रुसमेत शंकाको घेरामा तानिएका छन्। बागलुङकी किशोरीको सम्पर्कमा आएका व्यक्ति समेत कोरोनाको जोखिममा परेका छन्। जहाजमा सँगै काठमाडौंमा ओर्लिएका अन्य यात्रुको स्वास्थ्य परीक्षण गर्नुपर्ने देखिएको छ।

प्रहरीले उक्त उडानबाट नेपाल आउने यात्रुको स्थायी बसोबास पहिचान गरिररहेको छ। उक्त जहाजका १ सय ५८ यात्रुमध्ये १ सय ५५ जना नेपाली थिए। दुई जना जर्मन र अर्का एक जना फ्रान्सेली नागरिक हुन्। एउटै उडानमा सवार दुई जनामा संक्रमण देखिएपछि अन्य यात्रुको अवस्थालाई लिएर चौतर्फी चिन्ता व्यक्त भइरहेको छ ।

त्यसमा सवारमध्ये महोत्तरी र धनुषाका ११÷११ जना रहेको पाइएको छ। सर्लाही, झापा, स्याङ्जा, सुनसरी र सोलुखुम्बुका ४÷४, काठमाडौंका ७, भोजपुरका १, ताप्लेजुङ र मोरङका २÷२ जना उक्त जहाजबाट आएका थिए। यस्तै चितवन, सिरहा, धादिङ, रुपन्देही, ललितपुर, काभ्रे, रौतहट, दाङ, सिन्धुपाल्चोक, गुल्मी, मकवानपुर र ओखलढुंगा स्थायी घर भएका यात्रु छन्। सोही उडानबाट इलाम, गोरखा, दोलखा, नवलपरासी, पाँचथर, कञ्चनपुर, अर्घाखाँची, कपिलवस्तु, खोटाङ, तनहुँ, धनकुटा, उदयपुर, दैलेख, रसुवा, सप्तरी र बर्दिया घर भएका यात्रु काठमाडांै आएका थिए। उनीहरू कोरोनाको संक्रमणबाट जोगिन स्वदेश फर्किएका थिए।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ३४ वर्षीय युवा दुबईबाट भारतको नयाँ दिल्ली हुँदै काठमाडौं आएका हुन्। उनी भिस्तारा एयरबाट नयाँ दिल्ली हुँदै काठमाडौंमा ओर्लिएका थिए। भिस्तारा एयरले १ सय ३० जना यात्रु लिएर काठमाडौं आएको थियो।

त्यसमा १ सय ८ जना नेपाली र बाँकी २२ भारतीय नागरिक सवार थिए। भिस्तारा एयरमा सवार यात्रुमा कोरोना संक्रमण देखिएपछि एउटै उडानबाट काठमाडांै आएका अन्य यात्रुसमेत जोखिममा देखिएका छन्। सेती अस्पतालमा उपचाररत युवा काठमाडौंबाट बुद्ध एयरको जहाज चढी नेपालगन्ज गएका थिए। उनीसँगै नेपालगन्ज पुग्ने यात्रुसमेत कोरोनाको उच्च जोखिमा रहेका छन्। अन्नपर्णपोष्ट बाट साहाभार

प्रतिकृया