• २३ भदौ २०८३, मंगलबार
  • ७ः०९ बेलुका

प्रधानमन्त्री ओलीको स्वास्थ्य समस्या भएपछि राति नै अस्पताल भर्ना

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार ०९:२४

 

National Life

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार राति मुटुमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

प्रधानमन्त्रीको निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको मुटुको चाल केही बढेको देखिएपछि उनलाई राति नै अस्पताल लगिएको थियो। डा.शाहको अनुसार हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जाकारी दिएका छन्। प्रधानमन्त्री स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । राति हार्ट रेट बढेको देखेर हामीले अस्पताल लगिएको थियो । उहाँको यो पुरानै समस्या हो। कोरोनाको प्रकोप भएको बेलामा जोखिम नहोस् भनेर मात्रै अस्पताल ल्याइएको शाहाले जाकारी दिएका छन् । केही बेर डिस्चार्ज गरे र बालुवाटार लगिने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी प्रत्यारोपण पछि फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए।

प्रतिकृया