• 5:27 pm

केही दिनको लागि संसद बैठक बन्द गर्न सांसदहरुको आग्रह

प्रकाशित मिति

March 12, 2020

काठमाडौं, प्रतिनिधिसभाका सांसदहरुले कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएको भन्दै केही दिनको लागि संसद बैठक बन्द गर्न आग्रह गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठको शू्न्य समयमा बोल्दै सांसदहरुले यस्तो माग गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले यस्तो सयमा संसद बैठक चलाउन गलत हुने तर्क राख्नुभएको थियो ।

सांसद प्रधानले विश्वभर माहाभारीको रुप लिइरहेको अवस्थामा नेपाल सरकारले खासै पूर्व तयारी नगरेको आरोप लगाउँदै भन्नुभयो, ‘यो रोगले संक्रमण गर्‍यो भने हामीसँग कुनै उपचार छैन।त्यसैले अहिलेको समयमा संसद चल्नुमा कुनै तुक छैन।केही दिनका लागि संसद बैठक नै बन्द गरौं।’

प्रतिकृया