• ४ असोज २०८३, आइतबार
  • ८ः२२ राती

निर्धारित समयमै सबै तहका परीक्षा हुने

प्रकाशित मिति

२०७६ फाल्गुन २७ गते, मंगलवार ०७:१५

काठमाडौं । परीक्षा तयारीमा जुटेका लाखौं विद्यार्थीको परीक्षा पुर्वनिर्धारित कार्यतालिका अनुसारनै सञ्चालन हुने भएको छ।

National Life

नेपालमा कोरोना भाइरसको सङक्रमणले विद्यालय तथा उच्च शैक्षिक संस्था बन्द हुने तथा विद्यार्थीको वार्षिक परीक्षासमेत पर सर्ने सम्भावना औँल्याइए पनि पूर्व्निर्धा्रित तालिका अनुसार परीक्षा सञ्चालन हुने भएको हो ।

अब सबै तहको परीक्षा तोकिएकै समयमा सम्पन्न हुनेछन् । सम्बद्ध अधिकारीले विद्यार्थीलाई निर्वाध रूपमा परीक्षाको तयारीमा जुट्न र अभिभावकलाई समेत विचलित नहुन आह्वान गरेका छन् । चैत ५ भित्र नौ सम्मको परीक्षा सकिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा नौ सम्मको परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएसँगै हाल विद्यालयमा धमाधम परीक्षा सञ्चालन भइरहेका छन ।

Classic Tech Mobile
Classic Tech Desktop

चैत पहिलो या दोस्रो साताबाट परीक्षा गर्ने आन्तरिक तयारी विद्यालयले गरे पनि अब चैत ५ भित्रै परीक्षा सकिनेछ भन्ने खबर गोरखापत्र दैनिकमा छ। परीक्षा सकिएपछि झन्डै एक महिना विद्यालय बन्द जस्तै हुने र ठूलो भीड नहुने भएकाले परीक्षा तालिका केही अघि सारिएको थियो । एसईई चैत ६ बाटएसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । आजको गोरखापत्र दैनिकबाट साभार गरिएको ।

प्रतिकृया