अध्यक्ष पन्तलाई यसरी फसाइदै
प्रकाशित मिति
२०७६ फाल्गुन २२ गते, बिहीबार ०३:२५
लन्डन, गैरआवासीय नेपाली संघ अन्तरराष्ट्र्यि समन्वय परिषद्का महासचिव डा. हेमराज शर्मा र आईसिसि सदस्य रामशरण सिम्खडाले केन्द्रीय अध्यक्ष कुमार पन्तलाई विवादमा पार्ने तयारी गरेका छन ।
एनआरएनए यूके स्थापनाको १५ औं स्थापना दिवस जस्तो चरम विवादित कार्यक्रममा आईसिसि अध्यक्ष पन्तलाई प्रमुख अतिथि बनाउने नाममा विवादमा पार्न लागेका हुन् ।
महासचिव हेमराज शर्मा, आईसिसि सदस्य तथा कार्यक्रम संयोजक सिम्खडा र पत्रकार चिरन शर्मालगायतले पन्त आएपछि यहाँको विवाद समाधान हुने भन्दै रिपोटिड गरेका थिए ।
बेलायतका विवादबाट टाडै रहने सोच बनाएका पन्तलाई बेलायत आए सवै मिल्ने आश्वासन तिनै जनाले दिएर पन्तलाई बेलायत झिकाई नेपाल समुदायमा शक्तिशाली देखाउन प्रयास भैरहेको स्रोतले जनाएको छ ।
पद विना बस्न नसक्ने सिम्खडालाई जसरी पनि अध्यक्ष पन्तलाई फसाएर बद्नाम गरि प्रवक्ता नपाएको बदला लिने उद्धेश्य रहेको बुझिइएको छ । अध्यक्ष पन्तले पद नदिएपछि उनका विरुद्ध सामाजिक संजालमा खाए खा नखाए घिच भनेर असन्तुष्टी पोख्न समेत भ्याएका थिए ।
आर्थिक रुपमा विवादीत व्यक्ती सिम्खडाले संयोजन गरेका कार्यक्रमका विरुद्ध एनआरएनए यूकेका चार उपाध्यक्षले बुधबार साँझ लन्डनमा पत्रकार सम्मेलन गरि अध्यक्ष पन्तलाई कार्यक्रममा सहभागी नहुन आग्रह गरेका छन ।
विहान साढे १० लन्डन उत्रिन लागेका अध्यक्ष पन्तलाई कालो झण्डा देखाउने तयारी भैसकेको छ । त्यसका लागि ५० वटा कालो झण्डा र यूवायूवति तयार अवस्थामा रहेको स्रोतले जनाएको छ ।






प्रतिकृया