• ४ असोज २०८३, आइतबार
  • ५ः२७ बेलुका

कोरोना त्रास : नेपालमा अत्यावश्यक औषधिको अभाव, भारतद्वारा निर्यातमा रोक

प्रकाशित मिति

२०७६ फाल्गुन २१ गते, बुधबार ०८:००

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको छ। नेपालमा उत्पादन नहुने औषधिको मौज्दात घटिरहेको व्यवसायीले बताएका छन् ।

National Life

व्यवसायीका अनुसार औषधिको कच्चापदार्थ आयात झन्डै एक महिनादेखि ठप्प छ। औषधि व्यवस्था विभागमा तीन सय ८४ वटा औषधि उद्योग दर्ता छन्। तर यी कुनै पनि एलोपेथिक औषधि उत्पादकका लागि नेपालमा कच्चापदार्थ उत्पादन हुँदैन ।

औषधिको रसायन र ब्याक्टेरिया उत्पादन चिनियाँ कम्पनीले गर्ने गरेका छन्। भारत सरकारले मंगलबार अपराह्न २६ किसिमका औषधि निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। कोरोनो भाइरस संक्रमण बढ्दै गएको भन्दै आवश्यक पर्ने औषधि र औषधिमा प्रयोग हुने जैविक कण एक्टिभ फर्मास्युटिकल्स इन्ग्रिडियन्ट एपीआई को निर्यात प्रतिबन्ध लगाएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

भारतीय औषधि उत्पादक कम्पनी ७० प्रतिशत एपीआई भनिने कच्चापदार्थको आयातका लागि चीनसँग निर्भर छन् । चीनबाट आयात रोकिएपछि भारतले यस्तो निर्णय गरेको हो ।

पारासिटामोल लगायत औषधि निर्यातमा प्रतिबन्ध लगाउनुअघि भारतले उच्चस्तरीय समिति बनाएर चीनबाट आयात हुने अत्यावश्यक औषधिको सूची तयार पार्न लगाएको थियो । अन्नपूर्ण पोस्ट्बाट साभार ।

प्रतिकृया