• ६ असोज २०८३, मंगलबार
  • ७ः०८ बिहान

ट्राफिक प्रहरीद्धारा असल ट्याक्सी चालक सम्मानित

प्रकाशित मिति

२०७६ फाल्गुन १९ गते, सोमबार ०२:०७

‘ पहिला आफू सुध्रिएमात्र अरु सुध्रिन्छन् भन्ने परिपाटीको विकास गर्नु जरुरी छ ।’

काठमाडौँ, महानगरीय ट्राफिक प्रहरी महाशाखाद्धारा असल ट्याक्सी चालकलाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७६/०७७ को विभिन्न मितिमा भाडाकारमा छुटेका नगद, गरगहना र महत्वपुर्ण सामानहरु यस महाशाखामा आफै बुझाउन ल्याउने २१ जना भाडाकार चालकलाई आज सम्मान गरिएको हो ।

National Life

सम्मानित हुनेहरुमा युवराज राना मगर,यज्ञ प्रसाद बराल, कुल बहादुर श्रेष्ठ, नन्दलाल नगरकोटी, सुनिल थापा मगर, अबदेश कुमार झा, प्रविन तामाङ, सुर्य बहादुर तामाङ, कृष्ण बहादुर खत्री, कृष्ण घिसिङ, नेत्र प्रसाद तामाङ, रामचन्द्र मोत्तान, रोएत बहादुर रोक्का, जम्क श्रेष्ठ, रिध बहादुर क्षेत्री, नविन सिग्देल, तुलसी राम खनाल, विष्णु आले, नेत्र बहादुर मगर, मनि श्रेष्ठ र निलहरि ढुगेंल रहेका छन् ।

चालकलाई सम्मान गर्नुहुदैँ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकहरूले देखाएको यो ईमान्दारिताले समाजमा अरू मान्छेहरूलाई पनि सहयोगी बन्न प्रेरणाको स्रोत बनेको बताउनुभयो । प्रमुख ढकालले भन्नुभयो, ‘ट्राफिक क्षेत्रमा देखिएको समस्याको समाधानको मुख्य आधार नै चालक रहेकोलेसडकलाई अनुशासित र मर्यादित बनाउने काम चालकको हो, तपाईँहरु त्यो कार्यमा लाग्नुहोस्, सडकमा देखिएका समस्या समाधान हुन्छ, तपाईँहरुलाई परेको समस्या समाधान गर्न हामी तयार छौँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

ट्राफिक प्रहरी र सवारी चालक दुश्मनका रुपमा नभई मित्रको रुपमा व्यवहार गर्नुपर्ने बताउँदै प्रमुख ढकालले भन्नुभयो, ‘पहिला आफू सुध्रिएमात्र अरु सुध्रिन्छन् भन्ने परिपाटीको विकास गर्नु जरुरी छ ।’

आज सम्मानित हुने चालकहरूमध्ये चालक नविन सिग्देलले अन्दाजी १० लाख ६६ हजार मूल्य पर्नेसुनको १३ तोला बराबरको गरगहना, ल्याप्टप १ थान, महत्वपुर्ण कागजपत्र भएको लगेज ब्याग आफै बुझाउन ल्याएका थिए ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार यस आर्थिक वर्ष २०७६/७७ मा ट्रयाक्सीमा मात्रै ३९५ वटा सामान छुटेको निवेदन परेको थियो र ट्राफिक प्रहरीको सक्रियतामा अन्दाजी १ करोड ४८ लाख ६० हजार ३६५ मूल्य बराबरको सामान २८० जना सम्बन्धित सामान बुझाईसकेको छ भने ५२ वटा सवारीको नम्बर खुल्न नआएकोले अनुसन्धान जारी रहेको छ ।

प्रतिकृया