• २० असार २०८३, शनिबार
  • ५:३० बेलुका

महानगरीय प्रहरी वृत्त जगातीमा मेश निरीक्षण तथा संयुक्त मेश शुभारम्भ

प्रकाशित मिति

२०७६ फाल्गुन ११ गते, आईतवार ०८:१६

भक्तपुर । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको बिशेष पहलमा यही माघ ०२ गते देखि उपत्यकामा संचालित प्रहरी संयुक्त मेश सुधार अभियान अन्तर्गत आज एक कार्यक्रमका बिच महानगरीय प्रहरी वृत्त जगातीको प्रहरी अधिकृत एवं जवान संयुक्त मेशको शुभारम्भ प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले गर्नु भयो ।

Kamana Sewa

 

Classic Tech Desktop

 

उक्त अवसरमा प्रहरी संयुक्त मेशको निर्माणरसुधार गर्ने अभियानमा जारी भएका निर्देशनलाई अक्षरस पालना एवं कार्यान्वयन गरी संयुक्त मेश निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्ने महानगरीय प्रहरी वृत्त जगाती र बौद्धका प्रहरी कर्मचारीहरूलाई नायव महानिरीक्षक विश्वराज पोखरेलले पुरस्कृत समेत गर्नु भयो ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले ठुलो संख्यामा रहेका जवानर हवल्दार र चौविसै घण्टा डिउटीमा खटिने कर्मचारीहरूलाई गुणस्तरीय खाना, सफा मेश तथा व्यारेक भवन लगायतका सेवा सुविधाहरू उपलब्ध गराए मात्र त्यस कर्मचारीहरूबाट प्रदान हुने सेवा प्रवाह अझबढी स्तरीय र प्रभावकारी हुने अपेक्षा रहेको उहाँले बताउनु भयो ।

प्रहरी कर्मचारीहरूको सेवा सुविधा, वृत्ति विकासलाई ध्यानमा राखी तल्लो वर्गका कर्मचारीहरुको मनोबल माथि उकास्न सके मात्र उनीहरुबाट प्रवाह हुने सेवा प्रभावकारी हुने भएकाले आफुले जवान-हवल्दार लक्षित अभियान संचालन गरेको बताउनु भयो ।

यस अघि प्रहरी कर्मचारीहरूको लागी सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हवल्दार गरि ३ तहको मेश संचालन हुदै आएको थियो । यसरी संचालनमा आएको मेश प्रणालीबाट तल्लो दर्जाको मेशमा अपेक्षित सुधार हुन नसकेको तथा यसबाट प्रहरी जवानहवल्दारहरुको मनोबलमा नकाराल्मक असर परेको तथ्यलाई आत्मसाथ गरी सम्पूर्ण मातहत कार्यालयहरुमा अधिकृत जवानहरुको साझा तथा स्तरीय मेश निर्माणरसुधार अभियान शुभारम्भ गरिएको बताउदै पदीय जिम्मरवारी बाहेकको भाईचार विकाश गरि अपनत्व भाव सृजना गर्दछ एंव सामुहिक ऐक्यबद्धतालाई प्रोत्साहित गरि अन्ततगोत परिणाम मुखि कार्य सम्पादनमा गहन भुमिका निर्वाह गर्ने बताउदै यस अभियान सफल बनाउन मातहत कार्यालयहरुले देखाउनु भएको तदारुकता र बिकसित सकारात्मक सोच प्रशंसनिय रहेको समेत बताउनु भयो ।

 

 

प्रतिकृया