• ३ असोज २०८३, शनिबार
  • ८ः३५ राती

डिजल र पेट्रोलको मुल्य घट्यो

प्रकाशित मिति

२०७६ फाल्गुन ५ गते, सोमबार ०६:३६

काठमाडौं, नेपाल आयल निगमले आज (सोमबार) राती १२ बजेबाट लागू हुने गरी डिजेल र पेट्रोलको मूल्य घटाएको छ । डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटेको हो ।

National Life

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । नेपाल आयल निगमका अनुसार खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै याथावत रहेको छ ।

नियमित मूल्य समायोजन प्रक्रिया अन्तर्गत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ । माघ २० गते मूल्य समायोजन गरेर पेट्रोल र डिजेलमा एक रुपैयाँ प्रतिलिटर मूल्य घटाएको थियो भने हवाई इन्धनको मूल्य यथावत राख्दै एलपीजी ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया