एनआरएन यूकेको १५औ स्थापना दिवस कार्यक्रम सस्थापकहरुले गरे बहिस्कार
प्रकाशित मिति
२०७६ फाल्गुन ५ गते, सोमबार ०६:४२
लण्डन । युके एन आर एन आर्थिक अनियमितताको बिबाद चर्कदै गएको छ । गत सेप्टेम्बरमा चुनाब सम्पन्न भएको थियो । हाल नेतृत्व गरिरहेकी अध्यक्ष्य पुनमगुरुङलाई अनियमितता बहिस्कारका बीच स्थापनाकालदेखि बिबादास्पद भएको केहि व्यक्तिहरुका कारण अहिले झन् बिबादास्पद भएको छ ।
मार्च ५ तारिखमा एन आर एन युकेको १५औ स्थापना दिवस मनाउने भनी उक्त कार्यक्रमका लागि बेलायतका सर्बाधिक बिबादास्पद व्यक्ति रामशरण सिम्खडालाई संयोजक तोकिएसँगै बिबाद बढेको हो । उक्त कार्यक्रममा सस्थापकहरुले नैतिकताको आधारमा सहभागी हुन नमिल्ने बताएको छ । सिम्खडा स्थापनाकाल देखि नै आर्थिक लगायतका बिभिन्न काण्डहरुमा मुछिएका थिए । सिमखडा संयोजक भएपछी सस्थापकहरुले सहभागी नहुने बताएका थिए ।
सिमखडा एन आर एन आइ सी सीको सदस्य समेत रहेका रहेका थिए । गत निर्वाचनमा केन्द्रिय बिधान र सामान्य नैतिकताको समेत बर्खिलाप एक समुहका केहि उम्मेदवारहरुको निर्वाचन घोषणा सभामा अर्को पक्षलाइ हराउन खुलेयाम भाषण गरेको आरोप लगाएको छ ।
तत्कालिन ४ जना उपाध्यक्ष्यहरु र हालका आइ सी सीमा निर्वाचित सदस्यहरुले एक प्रेस बिज्ञप्ति र केन्द्रिय अध्यक्ष्यलार्इ अबैधानिक र अनैतिक कार्यको विरुद्ध पत्र लेखेर सिम्खडालार्इ कारबाही गर्न माग गरेका थिए । निर्वाचनमा समेत विभिन्न आर्थिक लेनदेन गरि सिम्खडा धादली र अनियमिततामा संलग्न भएको बर्तमान कार्य समिति र आइ सी सी सदस्यहरुले बताएका छन् । उनीहरुले सिम्खडा संयोजक भएको कार्यक्रममा सहभागी हुन नसक्ने प्रस्ट पारेका छन् । उक्त कार्यक्रममा कार्यसमितिका निबर्तमान पदाधिकारी, सदस्य र सल्लाहकारहरु समेतले सहभागी नजाउने बताएका छन् ।
सामाजिक संजालमा विवादस्पक विषयलाई लिएर शेयर भइरहेको छ । एन आर एन अभियानमा सक्रिय अल्डरसट निवासी बिक्रम भट्टराईले आफ्नो वालमा लेखेका छन् – आज ठिक ५ महिना सकिएर ६ महिना लागेछ एनआरएनए युके को निर्वाचन सम्पन्न भएको पनि । लगभग हरेक बेलायती नेपालीलाई अवगत भएकै कुरा हो गएको निर्वाचन र त्यसका घट्नाक्रमहरुले बेलायती नेपाली समाजमा छोडेका डाँमहरु पक्कै सग्ला छैनन । विशेष रुपमा एनआरएनएयुके प्रतिको आम दृष्टिकोण सकारात्मक छैन भन्न हिच्किचाउन पर्दैन ।
हालको कार्यसमिति र समर्थनको मुख्य समय ढाकछोप र प्रतिकुल धारणा राख्नेहरुलाई घेर्ने सम्मको कोशिश मै गत ५ महिना बितेको देखिन्छ । एन आर यो कार्यसमितिका विपक्षमा देखिनेहरुले जसरी हुन्छ यसलाई बदनाम गराउने, हुदै नभएका कुराहरु लाई पत्रकार को हवाला दिएर अनर्गल प्रचार गर्ने, हरेक निर्णयहरुलाई राजनिती को नज़र ले हेर्ने, विभिन्न अनावश्यक विषयहरुलाई उचाल्ने र असफल गराउने प्रयत्न मा लागेको प्रष्ट बुझिन्छ ।
समाजलाई निर्वाचनबाट विजयी भएर आएको कार्यसमिति र नेतृत्वलाई एकै ठाऊँमा ल्याउने प्रयास गरिएको थियो । तीन सदस्यहरुलाई सल्लाहकार बनाएर एकै व्यक्ति दुई भन्दा बड़ी पदमा मनोनीत हुनु एउटै समुदायबाट ४५ भन्दा धेरै सल्लाहकार मनोनीत गर्नु, गएको निर्वाचन मा अध्यक्ष मा पराजित व्यक्तित्वलाई आर्थिक अनियमितता सम्वन्धित समिती को संयोजक बनाउन माँग भईरहेको जनाएको छ ।
सबै निर्वाचनमा पराजितहरुलाई कोअप र सल्लाहकार बनाएर निर्वाचनमा साम, दाम, दंड, भेद सहित लागेकाहरुलाई पुरस्कृत गर्ने उद्देश्य देखिएको हो । सबैजना मिलेर अगाडी बड्नुको बाहेक कुनै अर्को विकल्प नरहेको बताएका छन् । त्यसकै आधारमा नेतृत्वको सफलता र असफलताको कसीमा सबैलाई समेट्ने या एक्लै हिड्ने निश्चित हुनेछ ।
त्यसैगरि सुबास कायस्थ कमेन्ट गर्दै लेख्छन – “उत्सव मनाऊने समय, पैसा र ऊर्जा अरु कुनै उपलब्धिमुलक काममा खर्च गरे जनता जनार्दन सबैको अझै भलो हुनेथ्यो जस्तो लाग्छ।”
अर्का टिप्पणीकर्ता बोज राज व्यंग्य गर्दै लेख्छन – “बेबी शावर मनाएर, बर्थ्डे मनाएर, एनिभर्सरी मनाएर अहिले स्थापना दिवस मनाइदै छ, यी सबै दिवस मनाउन भन्दा स्वच्छ निर्वाचन, इभोटिङ र आर्थिक पारदर्शिता मा जोड दिन सके कति राम्रो हुन्थ्यो तर आफ्ना आफ्ना प्राथमिकता होलान्, “कसैलाई के को हतार, घर ज्वाइ लाई खानको” भने झैं! शुभकामना!”
त्यस्तै कुमार गुरुङ ले लेखेका छन् ”एन आर एन युके लाई यो गरे पनि सुख छैन त्यो गरे पनि सुख छैन१ तर यो Reflect & Respect स्थापना दिवश भन्दा पहिला आर्थिक बिवादलाई समाधान गर्नु पर्छ।”
बलराम मैनाली लेख्छन – “एमपायर हलको मालिक लाई धनि बनाउने योजना” । अर्का टिप्पणीकर्ता बोज राज व्यंग्य गर्दै लेख्छन – “अङ्ग्रेजी मा “स्थापना दिवस” मनाएको कतै सुन्नु भा’छ , anniversary सम्म चाहिँ सुनिएको छ१”
एनआरएन युकेकै सस्थापक सदस्य समेत रहेका थर्क सेन लेख्छन NRNA दिवस भनौ भने October 11 मा हो वा यो ल्ऋऋ को वा क्ष्ऋऋ को कार्यक्रम होरु फेरि म आफै पनि सस्थापक सदस्य नै हु ।जे पायो त्यहि हुन लाग्यो सम्मानित सस्था मा १”
एनआरएन स्थापनाको अवसर पारेर फेरी पनि संयोजक सिंखडाले व्यापारीहरुसँग पैसा उठाउन सुरु गरेको स्रोतले बताएका छन् ।






प्रतिकृया