• ६ असोज २०८३, मंगलबार
  • ५ः४३ बिहान

पहिलो पटक प्रकाश सपुत र वर्षा अभिनय गर्दै , ‘परदेशी २’ खेल्ने पक्का

प्रकाशित मिति

२०७६ माघ १९ गते, आईतवार ०७:३७

काठमाडौं। गायक प्रकाश सपुतको मुख्य भूमिका रहने नयाँ चलचित्र ‘परदेशी २’ मा उनको जोडी को रुपमा अभिनेत्री वर्षा सिवाकोटीले अभिनय गर्ने भएकी छन् ।

National Life

फाल्गुनको दोश्रो साताबाट छायांकन हुने फिल्मको निर्देशक नारायण रायमाझीले गर्नेछन् । निर्देशक रायमाझीले मुख्य अभिनेत्रीको रुपमा वर्षा सिवाकोटीलाई फाइनल गरेका हुन् ।

फिल्मका बिषयमा कुरा भएको भएपनि फिल्ममा काम गर्ने वा नगर्ने केही निर्णय नभएको वर्षाले बताएकी छिन् । फिल्म रोजगारीको सिलसिलामा परदेश गएका युवाहरुको कथाव्यथामा आधारित रहेको बताइन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

फिल्ममा प्रकाशका साथै उनका भाइ देवेन्द्र बब्लुलाई पनि प्रमुख भूमिकामा अनुबन्ध गरिएको छ । वि स २०७२ सालमा रिलिज भएको फिल्म परदेशीले दर्शकको मन जित्न सफल भएपछि ‘परदेशी २’ निर्माण गर्न लागिएको हो ।

प्रतिकृया