• ४ असोज २०८३, आइतबार
  • ६ः५६ बेलुका

गायिका आस्था राउत प्रहरी कार्यलयमा

प्रकाशित मिति

२०७६ माघ १३ गते, सोमबार १०:४२

काठमाडौं । गायिका आस्था राउतलाई मिलापत्र परेर छाड्ने तयारी भएको छ। परिवारका सदस्यसँगै बिहान महानगरीय प्रहरी परिसर टेकु पुगेकी उनलाई मिलापत्र गरेर छाड्ने तयारी भएको स्रोतले बतायो।

National Life

आस्थालाई सरकारी वकिलको कार्यलयमार्फत जिल्ला प्रशासन कार्यलय काठमाडौंमा उपस्थित गराउने तयारी भएको छ। त्यसअघि उनको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी आज प्रहरी कार्यालय गएकी हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि आस्थाको परिवार उनलाई प्रहरी कार्यालयमा हाजिर गराउन सहमत भएको थियो। सोहि सहमतिअनुसार आस्था परिवारका सदस्यको साथ प्रहरी कार्यलय पुगेकी हुन्।

उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो। माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो।

आइतवार  भारतीय स्वतन्त्रता दिवसको अवसरमा सिक्किममा उनको सांगीतिक प्रस्तुति थियो । आफ्नो बिरुद्ध उजुरी परेपछि घटनाका सम्बन्धमा प्रहरीलाई सहयोग गर्न भन्दै उनी निर्धारित कार्यक्रम छाडेर शनिवार नेपाल आएकी थिइन् ।

प्रहरीले बोलाएपछि प्रहरी परिसर पुगेकी राउतलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन ।

प्रतिकृया