• ४ साउन २०८३, सोमबार
  • ७:२८ बेलुका

क्षेप्यास्त्र प्रहार गरी युक्रेनी विमान खसेको खुलासा

प्रकाशित मिति

२०७६ माघ १ गते, बुधबार १०:१७

एजेन्सी, इरानले गत साता इरानको राजधानी तेहरानमा क्षेप्यास्त्र प्रहार गरी युक्रेनी विमान खसालिएको खुलासा भएको छ । विमान खसाल्ने घटनासँग सम्बन्धित कयौंलाई पक्राउ गरिएको इरानी न्यायलयले जनाएको छ । इरानका राष्ट्रपति हसन रौहानीले समेत युक्रेनी यात्रुवाहक विमान खसाल्ने कार्य अक्षम्य गल्ती भएको बताएका छन् । उनले एक विशेष अदालतको निगरानीमा सो घटनाको पूर्ण छानविन हुने आश्वासन दिएका छन् ।

इरानी न्यायालयका प्रवक्ता गुलामहुसेन इस्माइलीले युक्रेनी यात्रुवाहक विमान खसालिएको घटनाको अनुसन्धान जारी रहेको बताए । युक्रेनियन इन्टरनेशनल एअरलाइन्सको पीएस ७५२ उडान गत बुधवार तेहरानबाट उडेलगत्तै खसालिएपछि त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो ।

Kamana Sewa

मृतकमध्ये सबैभन्दा बढी इरानी र युक्रेनी नागरिक थिए । सुरुमा सो विमान प्राविधिक कारणले दुर्घटना भएको भनिएपनि पछि इरानी क्षेप्यास्त्र प्रहारबाट विमान खसालिएको तथ्य बाहिर आएको हो ।

Classic Tech Desktop

प्रतिकृया