• १८ भदौ २०८३, बिहीबार
  • ९ः२० राती

प्रचण्ड र ओलीको सभामुखमा आलोपालो सहमति

प्रकाशित मिति

२०७६ पुष १४ गते, सोमबार ०७:१९

काठमाडौं, प्रमुख सत्तारु दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुखमा पनि आलोपालोको सहमति गरेको खुलासा भएको छ । सरकारको नेतृत्वमा अध्यक्षद्धय ओली र दाहालले आलोपालो सहमतिको कुरा सुनिएको थियो । तर, सभामुखमा पनि अध्यक्षद्धयबीच आलापालो सहमति भएको कुरा बाहिर आएको छ ।

अहिले प्रतिनिधिसभाको सभामुख पद रिक्त छ । कृष्णबहादुर महरा यौनकाण्डमा फसेपछि सभामुख पद रिक्त छ । यसअघि पूर्व माओवादी केन्द्रको भागमा सभामुख पद परेको थियो । अहिलेपनि पूर्व माओवादी केन्द्रले नै सभामुखमा दाबी गरिरहेको छ । अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीसँग पनि सोही अडान राखिरहेका छन् । यसअघि नै सभामुखमा दाहालले आलोपालोको सहमति गरेकोले महरा काण्डमा फसेपछि पूर्व एमालेको कोटाबाट सुवासचन्द्र नेम्वाङलाई बनाउनुपर्ने ओलीको अडान छ ।

Kamana Sewa

प्रतिकृया