नेपालमा नै युवाहरुलाई योग्यता, क्षमता अनुसारको रोजगारीको वातावरण सिजर्ना गरिने छ : अध्यक्ष दाहाल
प्रकाशित मिति
२०७६ पुष १० गते, बिहीबार ०१:४९
चितवन, नेपाल जेसिजको ४६औँ महाधिवेशनको उद्घाटनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरुलाई मुलुकको उदाउँदो सूर्य हो भनेर उल्लेख गर्नुभएको छ । चितवनको रत्ननगरमा बुधबारदेखि शुरु भएको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मुलुकलाई समृद्धिमा अघि बढाउँदै समाजको यात्रालाई सार्थकता तुल्याउने महत्वपूर्ण भूमिका युवाहरुको काँधमा रहेको बताउनुभयो ।
नेपालमा नै युवाहरुलाई योग्यता, क्षमता अनुसारको रोजगारीको वातावरण सिजर्ना गर्ने बताउनु भयो । युवाहरु विदेश पलायन हुने अवस्थाको अन्त्य गर्न सरकार लागि परेको उल्लेख गर्नुभयो । उहाँले युवाहरुको क्रियाशिलता, लगनशिलता, क्षमता विकास लगायतका कार्यहरु अहिलेको अपरिहार्यता रहेको औंल्याउनुभयो ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न देशका युवा वर्ग क्रियाशील हुनुपर्ने बताउँनु भयो । उहाँले पर्यटन वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहाको प्रवेशद्वारमा महाधिवेशन हुनु आफैँमा महत्वपूर्ण भएको उल्लेख गुर्नभयो । उहाँले सातवटै प्रदेशबाट एकसाथ नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि शुभारम्भ गर्ने कार्यक्रम भएको बताउनुभयो ।
उँहाले विशेषगरि युवाहरुलाई जागरित गराउने उदेश्यले नयाँ राजनीतिक व्यवस्था आउनका लागि देशमा ठूलो त्याग र तपस्या रहेको कुरा जोड्नु भएको छ । यस कारण युवाहरुलाई एक भएर अघि बढ्न आग्रह गर्नुभयो । देशको आर्थिक विकासमा युवाहरुको भूमिकाले समृद्ध नेपाल निर्माण हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘हामी अस्ताउँदा सूर्य हौँ भने तपाई युवा भनेको उदाउँदो सूर्य हो ।” देशको नेतृत्व गर्ने जिम्मा यूवाहरुकै काँधमा छ । जेसिजले त्यस किसिमको युवा नेतृत्वको विकास गरिरहेको उल्लेख गर्नु भयो।






प्रतिकृया