• ५ असोज २०८३, सोमबार
  • ७ः१८ बिहान

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने एक जना पक्राउ

प्रकाशित मिति

२०७६ पुष १० गते, बिहीबार ०१:३९

सुनसरी, उपमहानगरपालिका–१५ सहिद मार्गका ४३ वर्षीय काजिमान राई आफ्नै श्रीमती हत्या गरेको अरोपमा पक्राउ परेका छन् । उनले घरायसी विवादको कारणले ३६ वर्षिय रमिला राईलाई कुटपिट गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

National Life

घरायसी विवादको कारण काजिमानले आफ्नै श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी रमिलाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया