• १८ भदौ २०८३, बिहीबार
  • १२ः५४ राती

प्रदेश सांसद भँडेललाई निर्माण ब्यबसायीको सम्मान

प्रकाशित मिति

२०७६ पुष ९ गते, बुधबार ०९:०९

भक्तपुर, नेपाल निर्माण ब्यबसायी संघ जिल्ला शाखा भक्तपुरले नवनिर्वाचित प्रदेश नम्बर ३ क्षेत्र नम्बर १ क भक्तपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुन सफल कृष्णलाल भँडेललाई बधाई तथा सम्मान गरेको छ । भक्तपुरमा आयोजित एक कार्यक्रमकाबीच गत मंसिर १४ गतेको उपनिर्वाचनमा बिजयी प्रदेश सभा सदस्य भँडेललाई सम्मान गरिएको हो ।निर्माण ब्यबसायी संघका बिभिन्न तह र तप्कामा रहेर भूमिका निर्वाह गरिसकेका भँडेल हाल संघका बरिष्ठ सल्लाहकार समेत हुनुहुन्छ ।

भँडेललाई संघको तर्फबाट नेपाल निर्माण ब्यबसायी महासंघका अध्यक्ष रवि सिंह लगायतका केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्य,जिल्ला शाखाका पदाधिकारी तथा सदस्यले सम्मान पत्र तथा खादा लगाएर सम्मान गर्नुभयो ।
सम्मान कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले समाजमा निर्माण ब्यबसायीलाई ठेकेदार भनेर खिल्ली उडाउने चलन भए पनि जनताको बिश्वास जित्न निर्माण ब्यबसायी पनि सफल छन् भन्ने सन्देश निर्माण ब्यबसायी समेत रहेका प्रदेश सांसद भँडेलले दिएको बताउनुभयो ।

Kamana Sewa

सम्मानित प्रदेश सांसद भँडेलले निर्माण कार्यमा ढिलाई र गुणस्तरीय नहुनुमा निर्माण ब्यबसायिको मात्र भूमिका नरहने बताउँदै यसमा प्राबिधिकको पनि कमजोरी हुने गरेको बताउनुभयो । समाजमा यदाकदा निर्माण ब्यबसायीलाई ठेकेदार भनेर खिल्ली उडाउने चलन रहेको भन्दै उहाँले निर्माण ब्यबसायीको छवी माथि उठाउन र यस क्षेत्रका बास्तबिक समस्यालाई पहिल्याई समाधान गर्न प्रदेश सभामार्फत आफूले पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

Classic Tech Desktop

कार्यक्रममा आयोजक निर्माण ब्यबसायी संघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष निरन्जन बजगाईंले राज्य र समाजका बिभिन्न क्षेत्रबाट एका दुई निर्माण ब्यबसायीको कमजोरीलाई देखाएर समग्र निर्माण ब्यबसायीलाई जसरी नकारात्मक रुपमा चित्रण गरिएको छ त्यो चिर्न सांसद भँडेल सफल हुनु भएको बताउनुभयो ।
महासचिब बिजय देउजाले प्रदेश सभा सदस्य भँडेलको जित सम्पूर्ण निर्माण ब्यबसायीको जित भएको बताउँदै निर्माण ब्यबसायमा रहेका नीतिगत कमजोरीलाई परिष्कृत गर्दै यस क्षेत्रलाई उचाईमा पुर्याउन उहाँको योगदान महत्वपुर्ण रहने बताउनुभयो ।

 

प्रतिकृया