• ३ असोज २०८३, शनिबार
  • ६ः१४ बेलुका

मलाई शंका छ (कविता)

प्रकाशित मिति

२०७६ पुष ७ गते, सोमबार १२:५६

तारानाथ लामसाल

National Life

मलाई शंका छ
उसले मलाई एक दिन खान खोज्छ
त्यही पनि म उसकै मुख अगाडी
उभिइरहन मनपराउँछु ।
मलाई थाहा छ उ
भोको बाघ, घडियाल गोही र
अजिङ्गर पनि होईन ।
मेरो शंकामा शंका थप्दै
एक बुज्रुगले मलाई सोधे
किन उसले तिमिलाई नै खान खोज्छ ?
म एकै क्षण अवाक भएँ र भने
म उसको अगाडि सधैं स्वाभिमानी हुन सकिन
मैले मेरो पुर्खाहरुको पौरख पढिन
मैले धेरै पल्ट उसको पाउँ शेचन गरेर
आफ्नै शीरमा एैँचन गरेको छु ।
उसले जस्केलाबाट हेरीरहेको छ सँधै
मेरो आज्ञाकारीता, र स्वाभिमानलाई
मलाई यही नेर शंका छ
उसले मलाई एक दिन खान खोज्छ ।
म झस्के
म छटपटिएँ
मेरा बा, दाजु र भाईहरुको अंश झगडामा
उ मुखिया भएर आएको थियो
उ ज्योतिषि भएर आएको थियो
उ भविष्यत्ता अघोरी भएर आएको थियो
उ दाता साहु भएर आएको थियो
म त्यतिखेर अंश अधिकारको लोभमा
उ प्रति नतमस्तक भएको थिए
म छुट्टिन खोजे
म अलगिन खोजे
म अहिले एक्लो भएको छु उसको नजरमा
त्यसैले
उसले मलाई खान खोजिरहन्छ
यहाँनेर मलाई शंका छ
उसले मलाई सधैं खान खोजिरहन्छ।

प्रतिकृया