• १८ भदौ २०८३, बिहीबार
  • ७ः३९ बेलुका

स्वास्थ्य क्षेत्रका बेथिति अब अन्त्य हुने :स्वास्थ्य मन्त्री ढकाल

प्रकाशित मिति

२०७६ मंसिर १८ गते, बुधबार १२:१९

स्वास्थ्य क्षेत्रका बेथिति अब अन्त्य हुने :स्वास्थ्य मन्त्री ढकाल

स्वास्थ्य क्षेत्रका बेथिति अब अन्त्य हुने :स्वास्थ्य मन्त्री ढकाल

भक्तपुर ,स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका बिकृति छिट्टेै अन्त्य हुने बताउँनु भएको छ । सरकारी अस्पतालमा डाक्टरहरुले १० बजेदेखि ५ बजेसम्म सेवा गर्नुपर्नेमा १० बजे आएर हाजिर गरि १० बजेर ५ मिनेटमा निजी क्लिनिकमा जाने परिपाटीको अन्त्य गर्न आफु लागि परेको मन्त्री ढकालको भनाई थियो । मध्यपुरथिमि नगरपालिकाद्धारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मंगलवार आयोजित विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै मन्त्री ढकालले स्वास्थ्य क्षेत्रका बेथिति अब अन्त्य हुने बताउनु भयो । मन्त्री ढकालले सरकारी अस्पतालमा १० बजे हाजिर गरेर नाफाका लागि खोलिएका आफ्ना निजी क्लिनिकमा चलाउने बेथितिको अन्त्य हुने उल्लेखगर्दै औषधि नै किन्न नसकेर रोगसंग लड्न नपाउँने अवस्था अव नरहने बताउँनु भयो । विदेशी दाताले दिएको रकम सेवाका नाममा विदेश भ्रमण र गोष्ठी गरेर सक्ने परिपार्टी अब पूर्ण रुपमा नियन्त्रण गरिने स्वास्थ्य मन्त्री ढकालले बताउनुभयो ।

Kamana Sewa

Classic Tech Desktop

कमिसनका आधारमा औजारहरु किन्ने र थन्क्याउने परिपाटीले पनि स्वास्थ्य क्षेत्रमा परिचालन गरिएका रकमहरु त्यत्तिकै सिद्धिएको भन्ने जानकारी आफूले पाएको बताउदै मन्त्री ढकालले स्वास्थ्य क्षेत्रमा रहेको तमाम बेथितिको अन्त्य गर्न आफु एक वर्षको योजना निर्माणमा लागेको बताउँनु भयो । स्थानीय तहमा हस्तान्तरण भएका अस्पतालहरुलाई सहयोग गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताउदै ढकालले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई थप सुविधा सम्पन्न बनाउँन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले कोरिया मैत्री अस्पताललाई छारेरोग विशेषज्ञ अस्पताल सहित सम्पूर्ण रोगको गुणस्तरीय उपचार गर्नेगरि सेवा विस्तार गर्दै लगेको बताउनुभयो ।
मध्यपुरथिमि नगरक्षेत्रका सबै अपाङ्गहरुको शिक्षा, स्वास्थ्य लगायतका आवश्यकता पुरा गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउदै प्रमुख श्रेष्ठले सबै अपाङ्ग बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था नगरपालिकाले गर्ने घोषणा गर्नुभयो । दुई वर्षअघि सम्म दैनिक एक सयको हाराहारीमा बिरामी आउँने कोरिया मैत्री अस्पतालमा पछिल्लो समय दैनिक चार पाँच सयको हाराहारीमा बिरामी आउँनुले पनि अस्पतालको अवस्था झल्काउँने नगर प्रमुख श्रेष्ठको भनाई थियो । कार्यक्रममा मन्त्री ढकाल र नगर प्रमुख श्रेष्ठले अभिभावक स्वाबलम्बन समूहलाई रोटरी क्लव अफ मध्यपुरले दिएको पाँच वटा ह्वीलचियर प्रदान गर्नुभयो । त्यसैगरि आर्दश मावि लायकू, मानव विद्यागृह, स्वाबलम्न समूह र दिवा कक्षा केन्द्र भुँलाखेलका अपाङ्ग विद्यार्थीहरुका लागि ८८ वटा थर्मस, टिफिन बक्स लगायतका सामाग्री प्रदान गर्नुभयो ।

 

 

प्रतिकृया