• ३ असोज २०८३, शनिबार
  • १०ः०९ राती

पोखरामा चुनावीसभा नजिकै बम विष्फोट

प्रकाशित मिति

२०७६ मंसिर ११ गते, बुधबार ०१:४२

पोखरा, पोखरामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको चुनावीसभा नजिकै बम विष्फोट भएको छ । पोखरा–९ स्थित नयाँबजारमा चुनाव सभा भइरहेको स्थलमा बुधबार दिउँसो बम विस्फोट भएपछि केहीबेर भागदौड मच्चिएको थियो ।

National Life

सभामा होहल्ला र भागदौड मच्चिन थालेपछि सुरक्षाकर्मीहरुले खासै ठूलो विस्फोट नभएको र क्षति केही नभएको सूचना दिएपछि सभा संचालन भइरहेको छ । विस्फोटमा ठूलो आवाज आएपनि प्रहरीले कस्तो खालको वम विस्फोट गराइएको बारे केही जानकारी दिएको छैन ।

चुनावीसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरु बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ लगायत पोखरामा रहेका छन् । विस्फोट भएको स्थललाई सुरक्षाघेरामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया