• ३ असोज २०८३, शनिबार
  • ६ः१२ बेलुका

नेपाली कांग्रेस सिन्धुलीका पूर्वसभापति रंगराज खतिवडाको निधन

प्रकाशित मिति

२०७६ मंसिर ११ गते, बुधबार ०१:३५

काठमाडौँ, ११ मंसिर । नेपाली कांग्रेस सिन्धुलीका पूर्वसभापति तथा महासमिति सदस्य रंगराज खतिवडाको हृदयघातका कारण निधन भएको छ ।काठमाडौँबाट सिन्धुलीतर्फ जादै गरेका खतिवडालाई बाटोमा हृदयघात भएपछि भक्तपुरस्थित नागरिक अस्पतालमा उपचारका लागि लगिए पनि अस्पतालले खतिवडालाई मृत घोषणा गरेको नेपाली कांग्रेस सिन्धुलीका नेता माणिक ढकालले बताए ।

National Life

खतिवडा पञ्‍चायत तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा नेताका रुपमा परिचित थिए । खतिवडा २०५१ सालदेखि २०५३ सम्म र २०६१ देखि २०६६ सम्म गरी दुईपटक नेपाली कांग्रेस सिन्धुलीको सभापति भएका थिए ।

खतिवडाको पार्थीव शरीरलाई बुधबार पार्टी कार्यालय धुरामा श्रद्धान्र्जलीका लागि राखिएको थियो भने उनको आझै अन्त्येष्ठी गरिने बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया