• ३ असोज २०८३, शनिबार
  • ६ः१२ बेलुका

इराकमा बम बिस्फोटः छ जनाको मृत्यु, १५ जना घाइते

प्रकाशित मिति

२०७६ मंसिर ११ गते, बुधबार ०१:१७

एजेन्सी, इराकमा बम बिस्फोटनमा कम्तिमा छ जनाको मृत्यु भएको छ भने १५ भन्दा घाइते भएका छन् । इराकको उत्तरी जिल्ला शाबमा भएको बिस्फोटनमा तीनको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । त्यसैगरी, दक्षिण पश्चिमी जिल्ला बयामा भएको मोटरसाइकल बम बिस्फोटनमा दुई जनाको मृत्यु भएको र छ जना घाइते भएका इराकी सेनाले बताइएको छ ।

National Life

त्यसैगरी, इराकको पूर्वी जिल्ला बलदियातमा बम बिस्फोटनमा परी थप एक जनाको मृत्यु भएको थियो भने चार भन्दा बढि घाइते भएका थिए । सरकारको राजिनामा माग राखी इराकमा विगत दुई महिनादेखि प्रदर्शन भइरहेको र प्रदर्शनमा हालसम्म ३ सय ३० जनाको मृत्यु भएको बताइएको छ ।

प्रतिकृया