• ५ असोज २०८३, सोमबार
  • ४ः४४ बिहान

सरकार संविधानले दिएको अधिकार खोस्ने काममा तल्लिन छ: केन्द्रीय सदस्य गगन थापा

प्रकाशित मिति

२०७६ मंसिर ४ गते, बुधबार ०४:५३

भक्तपुर,मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनको लागि नेपाली काँग्रेस भक्तपुरद्धारा चाँगुनारायण नगरपालिका वडा नं ७ बागेश्वरीमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

National Life

घरदैलो कार्यक्रमका दौरान आयोजित कोणसभालाई सम्बोधन गर्नुहुदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले सरकार संविधानले दिएको जनताको अधिकार खोस्ने काममा तल्लिन रहेको आरोप लगाउनुभयो । उहाँले जनताहरु कुनै पनि पार्टीका हलि नभएकोले उपनिर्वाचन मार्फत दुई तिहाई सरकारले गरेका कामको मूल्यांकन गर्ने बताउनुभयो ।

यो उपनिर्वाचनको विजय पराजयले नेपाल कम्यूनिष्ट पार्टी र नेपाली काँग्रेसलाई संख्यात्मक रुपमा प्रतिनिधिको संख्या थपघट मात्र हुने तर सरकारलाई दिने सन्देशका लागि यो निर्वाचनको परिणामले महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो । उहाँले जनतालाई विकास र समृद्धिको खोक्रो नारा दिएर अघि बढेको दुई तिहाइको सरकारलाई सच्याउनको लागि रुख चिन्हमा भोट दिएर नेपाली काँग्रेसलाई जिताउन अनुरोध गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

केन्द्रीय सदस्य थापाले नेपाली काँग्रेसका सभापति गिरीजा प्रसाद कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्ने हैसियत बनाइदिनु भएको कुरा स्मरण गराउदै तत्कालिन माओवादीका क्रियाकलापलाई जनताले माफ गरेता पनि नबिर्सिएको कुरा बताउनुभयो ।

कोण सभालाई सम्बोधन गर्नुहुदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप लगाउनुभयो । उहाँले अहिलेको उपनिर्वाचन भनेको महंगी, कर, बलात्कार, कुशासन, भ्रस्टाचार, अधिनायकवादका विरुद्धको लडाई भएकोले भक्तपुरका जनतालाई आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न अनुरोध गर्नु भयो ।

नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाल कम्यूनिष्ट पार्टीका नेताहरुले नेपाली काँग्रेले पैसा बाडेको अफबाह फैलाउने गरेको र भित्री रुपमा आफै सरकार र शक्तिको दुरुपयोग गरी पैसा बाड्दै गरेको आरोप लागउनुभयो ।

नेपाली काँग्रेस उप निर्वाचन प्रदेश सभा १ क भक्तपुरका उम्मेदवार कृष्णलाल भँडेलको ममतामयी माता सेतीदेवी भँडेलको मंसिर १ गते देहावसन भएकोले उम्मेदवार बिनानै नेपाली काँग्रेसले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । यसै गरी भोली मंसिर ५ गते नगरकोटको गडगडेबाट नेपाली काँग्रसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा घरदैलो कार्यक्रम हुने भएको छ ।

मंसिर ११ गते निर्वाचन प्रचार प्रसारको अन्तिम दिन चँगुनारायाण नगरपालिकाको वडा नं १, दुवाकोट न्यौपाने गाँउमा दिनको १ बजे बृहत आमसभा गरीने भएको छ । उक्त सभामा नेपाली काँग्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने जानकारी क्षेत्रीय सचिव एवं निर्वाचन परिचालन समितिका संयोजक उद्धव खड्काले जानकारी दिनुभयो ।

घरदैलो कार्यक्रममा डिला संग्रौला, कमला पन्त लगायत काभ्रे काँग्रेसका सभापति मधु आचार्य लगायत भक्तपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, क्रियाशील सदस्यहरु, शुभेच्छुकहरु, स्थानीय बासीहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया