• ४ असोज २०८३, आइतबार
  • १२ः२३ दिउँसो

सचिवालय बैठकको निर्णय, ओली ५ वर्षको लागि प्रधानमन्त्री र पार्टीको जिम्मेवारी प्रचण्डलाई

प्रकाशित मिति

२०७६ मंसिर ४ गते, बुधबार ०४:०९

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ५ वर्षको प्रधानमन्त्री बनाउने र पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ ।

National Life

प्रधानमन्त्री ओलीले ५ वर्षसम्म सरकारको नेतृत्व गर्ने र पार्टीको एकल नेतृत्व अर्का अध्यक्ष दाहाले गर्ने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आजको सचिवालय बैठकमा भने मन्त्रिपरिषद हेरफेरबारे कुनै टुँगो लगेको छैन ।

प्रतिकृया