• ४ असोज २०८३, आइतबार
  • ११ः४३ बिहान

सरकारले अतिक्रमण नेपालको भूमि फर्काएरै छाड्छ : नेता शर्मा

प्रकाशित मिति

२०७६ मंसिर ४ गते, बुधबार ०५:३०

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले उज्यालो, समृद्ध र सुन्दर नेपाल बनाउन नेकपाको बिकल्प नभएको बताउनुभएको छ । आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं. १ प्रदेश नं. १ (क) मा हुने प्रदेश सभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार डिपि ढकालको लागि भोट माग्न आज नगरकोटमा आयोजित घरदैलो कार्यक्रममा आफ्नो पार्टीको कमजोरी र गल्तीका विरुद्ध आवाज उठाउने पार्टी नेकपा मात्रै भएको बताउदै शर्माले भन्नुभयो–“ नगरकोट सडक निर्माण अलपत्र परेको बारेमा नेकपाले बिरोध गर्यो, त्यसैले अबको तीन महिनाभित्र भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गर्नेगरि नेकपाले ठेकेदारसंग लिखित सम्झौता गरेको छ, त्यसैले यो सडक निर्माणको बाँकी काम गर्न सुरु भईसकेको छ ।”

National Life

उहाँले उज्यालो, समृद्ध र सुन्दर भक्तपुर बनाउन नेकपाको बिकल्प नभएको बताउदै उहाँले यहाँको विकासको चाहने आमनागरिकले डिपि ढकाललाई मतदान गर्नुपर्ने बताउनुभयो । नेता शर्माले सरकारले अतिक्रमण नेपालको भूमि फर्काएरै छाड्ने पनि दाबी गर्नुभएको छ । “हाम्रो कालापानी, लिपुलेक, लुम्पियाधुरा फर्काउने अभियान सरकारले सुरु गरिसकेको छ, सरकारले नेपालको एक ईन्च भूमि पनि छोट्दैन, अतिक्रमणमा परेको भूमि नेकपाले मात्रै सक्छ, त्यो जिम्मेवारी पुरा गर्छ ।”–उहाँले भन्नुभयो ।

कार्यक्रममा सांसद महेश बस्नेतले वर्तमान् सरकारले तेलकोटबाट नगरकोट जाने बैकल्पिक सडक निर्माण एवं कालोपत्र गरि स्वर्गीय हरिशरण मार्ग नामाकरण गरिसकेको, नगरकोटमा नयाँ बसपार्क निर्माण गर्न लागेको, नगरकोटमा पर्यटकीय भ्यू टावर निर्माण गर्न लागेको, हरिगुरु पार्क निर्माण गरिने भएको चर्चा गर्दै चाँगु क्षेत्रको विकासका लागि ढकाल मात्रै उपयुक्त उम्मेदवार भएको दाबी गर्नुभयो । उहाँले संसदको पछाडि सिटमा बसेर सरकारको बिरोध मात्रै गर्नका लागि अरुलाई निर्वाचित गर्नुको अर्थ नभएको बताउदै सरकारमा जाने व्यक्तिलाई मतदान गर्नुपर्ने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा नेकपाका सांसद एवं केन्द्रीय सदस्य गणेश पहाडी, केन्द्रीय सदस्य एवं नगर प्रमुख सोमप्रसाद मिश्र, नेकपा जिल्ला अध्यक्ष बचन देउजा, नेता राजेन्द्र राजथला, वडा अध्यक्ष सन्तबहादुर वाइवालगायतले विकास गर्न सक्ने उम्मेदवार नेकपामा मात्रै रहेको दाबी गर्नुभयो । कार्यक्रममा राप्रपाको नेता सुरज दर्जीको नेतृत्वमा २० जना र काँग्रेसका १० जना गरि ३० जना नेकपा प्रवेश गर्नेलाई नेकपा नेताले टीका र माला लगाई पार्टी प्रवेश गराउनु भएको नेकपा अध्यक्ष देउजाले जानकारी दिनुभयो ।

प्रतिकृया