अनियमितता अनुसन्धान गर्न ‘ओभर साइट सेल’ गठन
प्रकाशित मिति
२०७६ कार्तिक २९ गते, शुक्रबार ०९:३९
काठमाडौं, नेपाली सेनाले संगठनभित्र हुने अनियमितता अनुसन्धान गर्न निरीक्षणाधिकृत विभागका उपरथीको नेतृत्वमा ‘ओभर साइट सेल’ गठन गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले खरिद, निर्माण, आन्तरिक व्यवस्थापन तथा बन्दोबस्ती र नीति निर्देशन पालनामा हुने गरेका अनियमितता छानबिन गर्न सेल गठन गरेका हुन् ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सेलले तत्कालका लागि सैनिक मुख्यालयअन्तर्गतका विभिन्न कार्यालयमा गत वर्ष विनियोजित बजेट सही काममा प्रयोग भएरनभएको अनुगमन गर्नेछ । सैनिक मुख्यालयअन्तर्गतका सबै कार्यालयमा टोलीले अनुसन्धान गर्नेछ । त्यसपछि मुख्यालय बाहिर जाने टोली अर्कै हुन्छ ।

यसअघि निरीक्षणाधिकृतले सेनाका कामकारबाही नीतिरनियम, आदेश, सैनिक अनुशासन पालनालगायत विषयमा आन्तरिक छानबिन गर्दै आएका थिए । अहिले भने हरेक वर्षको बजेट कार्यान्वयन र त्यसको उपयोगबारे समेत अनुसन्धान गर्न सेल खडा गरिएको छ । कान्तीपुर दैनिकबाट साभार





प्रतिकृया