• ३ असोज २०८३, शनिबार
  • ९ः५७ राती

यस्ता उपाय छन्, चिसोमा छाला फुस्रो नहुने

प्रकाशित मिति

२०७६ कार्तिक २० गते, बुधबार ११:२५

चिसो मौसम  सुरु भइसकेको छ । यस मौसममा प्रयःको छाला फुस्रो देखिने हुन्छ । नुहाएपछि छाला झनै फुस्रो देखिन्छ । छाला फुस्रो हुन नदिन यि उपाय अपनाउन सकिन्छ ।

National Life

तातो पानी प्रयोग नगर्ने

तातो पानीले शरीरमा हुने प्राकृतिक तेल नाश गरेर छाला रुखो बनाउँछ । चिसो मौसममा पनि तातो पानी प्रयोग नगर्ने, स्टिम बाथ लिनु नै काफी हुन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पानीमा तेलको मिश्रण

नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही थोपा राख्दा राम्रो हुन्छ । यसले छाला नरम बनाएर राख्छ ।

बास्नादार साबुन नरोज्ने

साबुन जति बास्नादार हुन्छ उति नै केमिकल मिसाइएको छ भन्ने जान्दा हुन्छ । केमिकलयुक्त साबुनले छाला रुखो बनाउँछ । साबुन प्रयोग नै गर्ने भए घ्युकुमारी र निमबाट बनेको रोज्नुहोला ।

हनी प्याकको प्रयोग

मह छालाका लागि निकै नै उपयोगी चिज हो । मह र दहीको प्याक बनाएर पूरै शरीरमा लगाउने र सुकेपछि नुहाउँदा छाला रुखो बन्दैन । तीन हप्तामा एकपटक यसो गर्दा सकारात्मक परिणाम आउँछ ।

मस्चराइजर लगाउने

छाला स्वस्थ राख्ने हो भने नुहाएलगत्तै मस्चराइजर लगाउनु जरुरी छ । नुहाएपछि पूरै शरीरमा मस्चराइजर गर्नुपर्छ । पहिलोपटक लगाएको एक घन्टापछि पनि छालामा रुखोपन देखियो भने दोस्रोपटक मस्चराइजर लगाउनुपर्छ ।

प्रतिकृया