• ३ असोज २०८३, शनिबार
  • ९ः०९ राती

प्रचण्डले निवर्तमान सभामुख महरालाई दिए झट्का लाग्ने अभिव्यक्ति

प्रकाशित मिति

२०७६ कार्तिक २० गते, बुधबार ११:१३

घोराही, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका दोस्रो तहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ति गरेको र त्यस विषयमा आफूलाई सही सूचना नदिएर झनै गल्ति गरेका बताएका छन् ।‘महराजीले क्रिमिनल अपराध त गर्नुभएको होइन, तर नैतिक त्रुटी गर्नुभएकै हो’, दाङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘घटना सुन्नासाथ मैले नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई के भएको हो भनेर बुझ्न पठाए, तर उहाँले सही कुरा बताउनु भएन ।’

National Life

उनले भनेका छन्, ‘त्यसपछि म आफै जाँदा पनि उहाँले सही कुरा बताउनुभएन यो उहाँको अर्को गंभिर गल्ति भयो ।’ पार्टी नेतृत्वले छानविन गर्न खोज्दा महराले साथ दिएनन् भन्ने प्रचण्डको प्रष्ट अभिव्यक्ति थियो ।महराको पक्षमा तपाई बोल्नु भएन भन्ने पत्रकारको जिज्ञासाको जवाफमा उनले भने, ‘अदालतले फैसला प्रक्रिया थालिसकेको विषयमा पार्टीको लिडरसीपले त्यसलाई राजनीतिकरण गर्नु उचित होइन ।’

उनले अदालतलाई सघाउन महरालाई समेत आग्रह गरे । ‘महराजी थुनामा गैसक्नु भयो, अव उहाँलाई पनि मेरो गल्तिको सजाय पाउनुपर्छ भन्ने लागेको होला’, प्रचण्डले भने, ‘यो गर्नुभनेको राष्ट्रलाई पनि सघाउनु हो, समाजलाई सही दिशातर्फ लैजाने प्रक्रियालाई सघाउनु हो ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया