• ३ असोज २०८३, शनिबार
  • ८ः१३ राती

बिकास निर्माणमा तीनै तहका सरकार,कर्मचारीतन्त्र र न्यायपालिकाबीच समन्वयात्मक सम्बन्ध कायम गर्नुपर्छ : नेता नेपाल

प्रकाशित मिति

२०७६ कार्तिक ११ गते, सोमबार १०:०४

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टीका वरिष्ट नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको समष्टिगत बिकास आजको आवश्यकता भएको बताउँदै अब विकास र समृद्धिमार्फत आर्थिक बिकासको दिशामा लाग्नुपर्ने बताउनुभएको छ । सुर्यनगर टोल बिकास समाजले आज कटुन्जेमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले सरकारले विकासका लागि अघि सारेको अभियान सकारात्मक रहेको औल्याउँदै सरकारले जनताले चाहेजस्तो काम गर्न सक्नुपर्ने बताउनुभयो ।

National Life

नेपालमा विकासका अनेक संभावना रहेको बताउँदै उहाँले राज्यका तीनै तहका सरकार समन्वय र सहकार्यका साथ समाबेशी र समतामुलक बिकासमा लाग्नुपर्ने उल्लेख गर्नुभयो । पुर्व प्रधानमन्त्री नेपालले हामी नेपालीमा कुरा बढी र काम कम गर्ने प्रबृत्ति रहेको बताउँदै चिनीया राष्ट्रपती सी जीन फिङले हालै गरेको नेपाल भ्रमणका क्रममा काममा केन्द्रित हुन सन्देश दिएको उल्लेख गर्नुभयो । अनियमितता गर्नेलाई कारवाही गनुपर्नेमा जोड दिंदै नेता नेपालले देश बनाउन दुरगामी सोच आवश्यक रहेको बताउनुभयो ।

बिकासका काम अबरुद्ध हुने गरी अदालतले निर्णय गर्न नहुने बताउँदै बिकास निर्माणमा तीनै तहका सरकार,कर्मचारीतन्त्र र न्यायपालिकाबीच समन्वयात्मक सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकले पनि बिकासका काममा अनावश्यक बार्गेनिङ गरेर बिकास निर्माणलाई नै अबरुद्ध गर्न नहुने बताउनुभयो । कार्यक्रममा सांसद महेश बस्नेत, जिसस प्रमुख नवराज गेलाल, चाँगुनारायणका नगर प्रमुख सोम मिश्र लगायतले सबै मिलेर देश बिकास गर्नुपर्ने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया